दफा १०
साधक सम्बन्धी व्यवस्था
(१) संघीय कानून बमोजिम साधक जाँच गराउनु पर्ने मुद्दामा पुनरावेदन सुन्ने अदालतमा साधक पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उच्च अदालतले जन्मकैदको सजाय हुने ठह¥याएको मुद्दामा मात्र सर्वोच्च अदालतमा साधक पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम साधक पेश भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहबाट र एउटै मुद्दामा कसैको पुनरावेदन परेमा र कसैको नपरेमा पुनरावेदन नगर्नेको हकमा समेत साधकको रोहबाट इन्साफ जाँची मुद्दाको किनारा गर्नु पर्नेछ ।
(४) साधकको रोहबाट हेरिने मुद्दामा पुनरावेदन नगर्ने कुनै पक्ष वा अन्य कुनै सम्बन्धित व्यक्तिले पुनरावेदन सरहको जिकिर लिई निवेदन दिएमा पुनरावेदन सुन्ने अदालतले त्यसलाई समेत विचार गरी मुद्दा किनारा गर्नु पर्नेछ ।